सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

राजनीति

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/1025
    असोज १९, २०७८ मंगलबार
    मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

    काठमाडौं । सत्ता गठवन्धन आबद्ध दलहरुबीच मन्त्रालय र मन्त्रीको संख्याको विषयमा सहमति जुटेको छ । पूर्व सहमति अनुसार नै काँग्रेसले ७, माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जसपाले ५/५ मन्त्रालय भागबण्डा गर्ने गरी शीर्ष तहमा सहमति भएको हो ।

    उच्च स्रोतका अनुसार कांग्रेसले रक्षा मन्त्रालयको अडान  छाडेर स्वास्थ्य, संचार तथा सुचना प्रविधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने भएको छ । यसैगरी माओवादी केन्द्रले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषी तथा पशुपंक्षी विकास मन्त्रालय पाउने भएको छ ।

    यस्तै नेकपा एसले संस्कृती पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, यूवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउने सहमति बनेको छ । यसैगरी जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रसासन, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ ।

    सो सहमतिलाई अन्तिम रुप दिएर मन्त्रालयकोसमेत भागबण्डा गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले सत्ता गठवन्धन आबद्ध शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् विस्तार, संसदको गतिरोध अन्त्य, समसामयीक राजनीतिक अवस्था लगायतका विषयमा बैठकमा छलफल भइरहेको जानकारी दिए ।

    सबै विषयमा सहमति भए आज साँझसम्म वा ढिलामा भोली बुधबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । संख्या र मन्त्रालयमा सहमति जुटेसँगै माओवादी केन्द्रले आज मन्त्रीको नाम टुंगो लगाउन स्थायी कमीटी बैठक बोलाएको छ ।

    अब माओवादी केन्द्रले तीन फुल मन्त्री र एक राज्यमन्त्री पाउने छ । माओवादी केन्द्रबाट हाल सरकारमा उर्जा मन्त्री र अर्थ मन्त्री नियुक्त भइसकेका छन् ।  यस्तै कांग्रेसले पनि अब तीन मन्त्रालय पाउँने छ । कांग्रेसबाट हाल सरकारमा प्रधानमन्त्री, गृहसहित कानुन र परराष्ट्रमन्त्री नियुक्त भइसकेका छन् । यस्तै कांग्रेसबाट नै स्वास्थ्य राज्यमन्त्रीसमेत सरकारमा छन् ।

    अब जसपाबाट पाँच फुलमन्त्री तथा नेकपा एसबाटसमेत सोही संख्यामा मन्त्री थपिने छन् । सोमबार साँझसमेत वालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रीपरिषद् विस्तारबारे छलफल भएको थियो ।

    वालुवाटारमा जारी शीर्ष तहको बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । 

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij