बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

१४ औँ महाधिवेशन सरगर्मी

काँग्रेसमा महाधिवेशन प्रतिनिधिमा पराजितहरु जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने व्यवस्था


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1026
    असोज १९, २०७८ मंगलबार
    काँग्रेसमा महाधिवेशन प्रतिनिधिमा पराजितहरु जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने व्यवस्था

    काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरुले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा महाधिवेशन प्रतिनिधिमा पराजितहरुले उम्मेदवार हुन पाउने कुरालाई प्रस्ट पारेको हो । 

    काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले सोमबार एउटा परिपत्र जारी गरि महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि जिल्ला सभापति बाहेकका पदमा उम्मेदवार हुन पाउने उल्लेख छ ।

    उनका अनुसार उक्त व्यवस्था दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा मात्र लागू हुनेछ। काँग्रेस निर्वाचन समितिका सदस्य गोल कृष्ण घिमिरेका अनुसार यो नयाँ व्यवस्था होइन । १२ औं महाधिवेशनदेखि निर्वाचन समितिमा बसेर काम गरिरहेका उनले रातोपाटीलाई भने, ‘यो नयाँ व्यवस्था होइन । 

    यो विधानमै व्यवस्था छ । तर धेरै निर्वाचन अधिकृतले यो कुरा नबुझेर महाधिवेशन प्रतिनिधिमा पराजितले जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाइँदैन भन्ने अर्थ लगाउन थाले । अनि हामीले निर्णय गरेर पठाएका हौं ।’

    सोमबार गोरखाको जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजितलाई जिल्ला कार्यसमितिको उम्मेदवार बन्न निर्वाचन अधिकृत रोक लगाउनु खोजपछि उक्त निर्णय गरिएको उनको भनाइ छ । ​घिमिरेले भने, ‘१३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकाहरुले जिल्ला सभापति बाहेकमा उम्मेदवार हुन पाउनु भएको थियो ।’

     

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij