काठमाडौं । गठन भएको ८८ दिनपछि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्णता पाएको छ । पाँच दलीय गठबन्धनले लामो रस्साकस्सीपछि सरकारलाई पूर्णता दिएको हो। जसअनुसार शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थपिएका छन् ।
यससँगै देउवा क्याबिनेटले पनि पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । त्यसपछि साउन १० मा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ थपिएका थिए । पछिल्लो पटक नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका थिए ।
पाँच दलीय गठबन्धनमा अनेक विवादबीच सरकारले बल्ल पूर्णता पाएको हो ।