सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

राजनीति

नवनियुक्त मन्त्रीहरुले लिए शपथ


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1089
    असोज २२, २०७८ शुक्रबार
    नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    काठमाडौं । चौथो पटक सरकार विस्तारबाट विभागीय मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । 

    यसअघि आफू प्रधानमन्त्री बनेको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका थिए । 

    वर्तमान सरकारमा कांग्रेसबाट १ राज्यमन्त्रीसहित ९ जना मन्त्री बनेका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्रीसहित ६ जना मन्त्री बनेका छन् । 

    नेकपा (एस)बाट १ राज्यमन्त्रीसहित ५ र जसपाबाट ४ मन्त्री बनेका छन् । एक जना मन्त्री प्रधानन्यायाधीशको कोटाबाट बनेको चर्चा छ ।
     

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij