उनले संस्थापन पक्षकै उम्मेदवार रमेशबहादुर भण्डारीलाई दुई सय ६६ मतले पराजित गरेका छन् । बोहराले सात सय ३० मत ल्याउँदा भण्डारीले चार सय ६४ मत पाएका छन् ।
योसँगै १३ हिमाली जिल्लाको मत परिणामअनुसार संस्थापन इतर समूहको अग्रह कायमै छ । जसमध्ये ७ जिल्लामा इतर समूह र ६ जिल्लामा संस्थापन पक्षका नेता सभापति बन्न सफल भएका छन् ।
कांग्रेसले हिमाली क्षेत्रमा पर्ने २१ जिल्लामा दसैं अगाडि नै जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका बनाएको थियो । तालिकाअनुसार १७ हिमाली जिल्लामा अधिवेशन सुरु भएको थियो। १७ मध्ये १३ जिल्लाको चुनावी परिणाम आइसकेको छ ।
हिमाली जिल्ला दार्चुला, सोलुखुम्बु, डोल्पा र रसुवामा जिल्ला अधिवेशन हुन बाँकी छ । दार्चुला र सोलुखुम्बुमा गाउँ–नगर अधिवेशन सम्पन्न भइसकेको छ ।
वडा अधिवेशन नै सुरु नभएका १३ मध्ये डोल्पामा क्रियाशील सदस्यता विवाद टुंगिए पनि रसुवाको विवाद कायम छ । विवाद टुंग्याएर निर्वाचनको तयारी गरिए पनि निर्वाचन अधिकृत जान नमानेकाले डोल्पामा वडा अधिवेशन सुरु हुन सकेको छैन ।
पौडेल समूहले जितेका जिल्ला
संखुवासभा – दीपक खड्का
गोरखा – नन्दप्रसाद न्यौपाने
मुस्ताङ – रोमी गौचन थकाली
दोलखा – बर्मा लामा
कालिकोट – अम्मबहादुर शाही
रुकुम पूर्व – केशरमान रोका
बाजुरा – रामसिंह रावल
१४ औँ महाधिवेशन सरगर्मी
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
मनाङ – शंकर गुरुङ
हुम्ला – मोहनविक्रम सिंह
रामेछाप – पूर्णबहादुर तामाङ (कान्छाराम)
मुगु – ऐनबहादुर शाही
बझाङ – खडकबहादुर बोहरा