काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिएका हुन् ।
उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन् ।
प्रधानन्यायाधीश जबराको कोटामा मन्त्री बनेको भन्दै हमालसँगै राणाको समेत चौतर्फी आलोचना भएपछि उनले आफू विवादमा नफस्ने भन्दै राजीनामा दिएका हुन् । उनी प्रधानन्यायाधीश जबराका जेठान हुन् ।
सांसद नरहेका उनी अस्ति २२ गते मात्र काँग्रेसबाट मन्त्रीमा नियुक्त भएका थिए ।