काठमाडौं । प्रदेश १ को प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक दशैँपछि मात्र बस्ने भएको छ । आज (आइतबार) बसेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले तेस्रो बैठक सोमबार दिउँसो १ बजे बोलाउने निर्णय गरेका थिए ।
तर आइतबार बेलुका सूचना जारी गर्दै प्रदेशसभा सचिवालयले विशेष कारणले दशैँपछि अर्थात कात्तिक ५ गतेका लागि बैठक बस्ने जानकारी दिएको छ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २५ गतेभित्र विश्वासको मत लिनुपर्ने प्रतिपक्षी दलहरुले बताएका थिए । सरकार र सभामुखको आलोचना गरेका विपक्षीहरुले तत्काल विश्वासको मत लिन चेतावनी दिएका थिए ।
यता, मुख्यमन्त्री आचार्य दशैँ मनाएर मात्रै विश्वासको मत लिने पक्षमा छन् । मुख्यमन्त्रीलाई अनुकुल हुनेगरी सभामुखले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।