मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

१४ औँ महाधिवेशन सरगर्मी

देउवाविरुद्ध काँग्रेस सभापतिका लागि शशांक कोइरालामात्रै उम्मेदवार


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1149
    असोज २६, २०७८ मंगलबार
    देउवाविरुद्ध काँग्रेस सभापतिका लागि शशांक कोइरालामात्रै उम्मेदवार

    चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले महाधिवेशनमा संस्थापन इतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको बताएका छन् । मङ्गलवार चितवन पुगेका महामन्त्री कोइरालाले भने, छलफल भइरहेको छ । संस्थापन इतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।

    कोइरालाले आफू, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा। शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आफू बलियो उम्मेदवार रहेको बताए ।

    उनले काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताए ।  उनले भने, तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन सामयमा नै गर्नुपर्छ । १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij