सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

१०० दिन

देउवा सरकारका सय दिन : यी हुन्, २८ उपलब्धि


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/1294
    कात्तिक ३, २०७८ बुधबार
    देउवा सरकारका सय दिन : यी हुन्, २८ उपलब्धि

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । सर्वोच्च अदालतको परामदेशपछि असार २९ गते देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । 

    देउवा नेतृत्वको सरकार बन्न नेकपा )माओवादी केन्द्र), नेकपा समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोग रहेको छ ।

    देउवाले शुरुमा पाँच सदस्यीय मन्त्रिमण्डल गठन गरेको थियो । लामो समयसम्म मन्त्रिपरिषद् पूर्णता दिन नसकेका देउवाले ८८ दिन पुग्दामात्र यसलाई पूर्णता दिए । यसो त देउवाले अझै पनि आफ्नो सचिवालयलाई पूर्णता दिन सकेको छैन ।

    यद्यपि यो अवधिमा सरकारले गरेका मुख्य कामहरुलाई प्रधानमन्त्री देउवाको सचिवालयले बुँदागत रुपमा सार्वजनिक गरेको छ ।

    यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रणलाई सफलताका रुपमा पेश गरेको छ । प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउने सरकारको पहिलो प्राथमिकता हुने उद्घोष गरेका थिए ।

     सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धतासमेत जनाएको छ । सरकारले १८ वर्षमुनिका बालबालिकालाई समेत खोप दिइने सुनिश्चितता गरेको छ ।    
        
    देउवा सरकारले सफल खोप कूटनीतिमार्फत एक करोड ५० लाख खोप व्यवस्थापन गर्नुका साथै लक्षित नागरिकमध्ये ३२ दशमलव ६ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको उनको सचिवालयले दाबी गरेको छ । 

    यसैगरी सरकारले सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति, लगानीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम, कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज, प्रभावकारी रुपमा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलगायत महत्वपूर्ण काम गरेको उल्लेख गरिएको छ ।    
        
    यसैगरी चुस्त सुरक्षा व्यवस्था, प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार, विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि, सडक तथा यातायातको पहुँच विस्तार, देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानूनी मस्यौदा तयारलगायतका कार्यमा पनि सन्तोषजनक काम भएको भन्दै यसलाई सय दिने सफलताको सूचीमा राखिएको छ ।    
        
    यस्ता छन्, बुँदागत सफलताका विषय

    deuba.webp

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij