आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

खोलाले बगाएर प्युठानमा एक महिलाको मृत्यु, दुई बेपत्ता


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/1296
    कात्तिक ३, २०७८ बुधबार
    खोलाले बगाएर प्युठानमा एक महिलाको मृत्यु, दुई बेपत्ता

    दाङ । प्यूठानमा खोलाले बगाएर बुधबार बिहान एक महिलाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् ।

    जिल्लाको माण्डवी गाउँपालिका–४ आपचौर बस्ने २८ वर्षीया देवीसरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    देवीसराका दुई वर्षीय छोरा दिनेश र स्थानीय मधु अधिकारीकी ८ वर्षीया छोरी अनुस्का अधिकारी बेपत्ता भएको प्यूठान प्रहरीका प्रवक्ता देवीप्रसाद गैरेले जानकारी दिए ।

    अस्पताल जाने क्रममा देवीसरालाई बिहान साढे आठ बजेतिर घर नजिकैको अरङखोलाले बगाएको थियो । उनको शव माण्डवी–२ ढिकावनमा फेला परेको प्रहरीले जनाएको छ ।

    खोलामा बेपत्ता भएका अन्य दुई जनाको सुरक्षाकर्मी र स्थानीय मिलेर खोजी कार्य भैरहेको छ । सोमबारदेखि निरन्तर पानी परेकाले खोला र नदीहरुमा पानीको बहाब बढेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij