आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

तेह्रथुममा बस दुर्घटना १४ घाइते, एक जना गम्भीर


  • 280
    SHARES
  • https://indrenipost.com/posts/9700
    साउन १७, २०८२ शनिबार
    तेह्रथुममा बस दुर्घटना १४ घाइते, एक जना गम्भीर

    तेह्रथुम, १७ साउन – सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । दुर्घटना लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा भएको हो, जहाँ बा २ प ७२४४ नम्बरको बस करिब १० मिटर तल खसेको थियो ।
    जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका धर्मदेवी–९ का २३ वर्षीय सविन विष्टलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने अन्य घाइतेहरूको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
    घाइते हुनेमा बालबालिकादेखि वृद्धसमेत रहेका छन् । दुर्घटनापछि बस चालक खेम महत फरार भएको प्रहरीको भनाइ छ । हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij