आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

हाइब्रिड स्याउ खेतीतर्फ मुस्ताङका कृषकको आकर्षण बढ्दै


  • 307
    SHARES
  • https://indrenipost.com/posts/9702
    साउन १७, २०८२ शनिबार
    हाइब्रिड स्याउ खेतीतर्फ मुस्ताङका कृषकको आकर्षण बढ्दै

    मुस्ताङ, १७ साउन – परम्परागत स्याउखेतीको तुलनामा गुणस्तरीय र छिटो उत्पादन हुने ‘हाइब्रिड’ स्याउखेतीतर्फ मुस्ताङका कृषकको आकर्षण तीव्र रूपमा बढेको छ ।
    इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड जातका स्याउबिरुवाले दोब्बर उत्पादन दिन थालेपछि स्थानीय कृषकहरू परम्परागत जात छोडेर हाइब्रिड खेतीतर्फ उन्मुख भएका हुन् ।
    मनाङ एग्रो कम्पनीले २०७५ सालमा सुरु गरेको परीक्षण सफल भएपछि अहिले मुस्ताङका पाँचवटै स्थानीय तहमा बाँझो जमिन, तटीय ग्रेगान बगर र उच्चलेक क्षेत्रमा स्याउका बिरुवा रोपिँदै छन् ।
    कृषि ज्ञान केन्द्रका अनुसार गतवर्षसम्म ८९० हेक्टर क्षेत्रमा बिरुवा लगाइए पनि यो वर्ष रोपाइँको क्षेत्र थपिएको छ । थोरै जमिनमा धेरै बिरुवा रोप्न मिल्ने, छिटो फल दिने र एउटै बोटबाट ३० किलोसम्म स्याउ उत्पादन हुने भएकाले किसान हाइब्रिड प्रविधितर्फ आकर्षित भएका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij