आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/1339
    कात्तिक ५, २०७८ शुक्रबार
    प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश

    काठमाडौं । गत असोज २५ गते संसद सचिवालयलाई विश्वासको मत लिने जनाउ दिएका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार संसद्मा विश्वासको मतको प्रस्ताव टेबल गरेका छन् । 

    दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान भए पनि मुख्यमन्त्री आचार्यले ४३ औँ दिनमा विश्वासको मतका लागि संसद्मा प्रस्ताव टेबल गरेका हुन् । 

    दिउँसो १ बजे बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेसँगै बैठक आगामी कात्तिक ७ गतेसम्मलाई स्थगित भएको छ।

    मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराएका थिए । असोज २४ गतेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगन गरेका थिए । 

    एमालेको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका आचार्यको नियुक्तिदेखि नै विवाद भएको थियो । राजनीतिक रूपमा अल्पमतमा पर्दा पर्दै प्रदेश प्रमुखले नियुक्ति गरेको भन्दै विपक्षी गठबन्धनले विरोध गरेको थियो । 

    राजनीतिक रूपमा विरोध भए पनि नियुक्तिमा कानुनी जटिलता भने थिएन । तर पछिल्लो समय आधिकारिक रूपमा दल विभाजन भएपछि समेत आचार्यले सदन छल्दै मुख्यमन्त्री बनिरहेका छन् । 

    संविधानको धारा १८८ (२) ले दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने उल्लेख्य गरे पनि आचार्यले भने समय गुजारेका हुन् । 

    प्रदेश १ को प्रदेश सभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । बहुमत पुर्याउन ४७ सांसद चाहिन्छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij