आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

सरकार फेरबदलको कोकोहोलो

प्रदेश १ : प्रदेश सभा बैठक रोक्न एमालेले पनि पठायो सभामुखलाई पत्र (पत्रसहित)


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/1372
    कात्तिक ७, २०७८ आइतबार
    प्रदेश १ : प्रदेश सभा बैठक रोक्न एमालेले पनि पठायो सभामुखलाई पत्र (पत्रसहित)

    काठमाडौं । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन प्रयोजनका लागि आइतवार डाकिएको प्रदेशसभा १ को बैठक रोक्न सत्तारुढ नेकपा एमालेले पनि सभामुखलाई पत्र पठाएको छ । 

    मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथि छलफल र मत विभाजन कार्यसूची तय भइसकेको अवस्थामा एमाले संसदीय दलले पनि बैठक रोक्न भनेको हो । 

    प्रदेश १ स्थित एमाले प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुख  सभामुख प्रदीपकुमार भण्डारीलाई पत्र लेखेका हुन् । उनले आज बस्ने भनिएको बैठक आगामी कात्तिक १५ गतेसम्मलाई स्थगित गर्न भनेका छन् । 

    यस पहिले सरकारमा आफ्नो दाबी गरिरहेको नेपाली कांग्रेसले आचार्यलाई विश्वासको मत दिने कार्यक्रमका लागि बैठक रोक्न माग गरेको थियो । 

    आफ्ना केही सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिने खबर पाएलगत्तै कांग्रेसले प्रदेशसभा सचिवालयमा निवेदन दिएको थियो । 

    कांग्रेसले बैठक स्थगित गर्न सुरुमा माग गरेपछि एमालेले पनि आफूहरु महाधिवेशन केन्द्रित भएकाले प्रदेशसभा रोक्न भन्दै पत्र पठाएको हो । 

    p.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij