आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राजनीति

प्रदेश १ मा प्रदेश सभा बैठक ८ दिनसम्म स्थगित, भएन विश्वासको मतदान


  • 2.8K
    SHARES
  • https://indrenipost.com/posts/1382
    कात्तिक ७, २०७८ आइतबार
    प्रदेश १ मा प्रदेश सभा बैठक ८ दिनसम्म स्थगित, भएन विश्वासको मतदान

    विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।

    प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।

    मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो । 

    तर विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो ।

    यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिएको थियो ।

    आचार्य भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

    प्रदेशसभा सचिवालयले जारी गरेको सूचना

    Pradeshsabha-1-Notice.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij