बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

बझाङ थलाराको पहिरो : बेपत्ता १९ को खोजीकार्य बन्द, मृत घोषणाको तयारी


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/1479
    कात्तिक ११, २०७८ बिहीबार
    बझाङ थलाराको पहिरो : बेपत्ता १९ को खोजीकार्य बन्द, मृत घोषणाको तयारी

    बझाङ ।  बेमौसमी वर्षाका कारण थलारा गाँउपालिकामा गएको पहिरोमा परि बेपत्ताको खोजीका लागि गएको टोली फिर्ता भएको छ ।  

    थलारा–४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये चार जनाको मात्र शव फेला परेको थियो। दुईवटा शवको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो । 

    आठ दिनसम्म लगातार खोजी गरेको उद्धार टोलीले शव नभेटिएपछि १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरेको हो । घटना भएको दोस्रो दिनमात्रै हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको टोलीले खोजीकार्य थालेको थियो । 

    पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए । उनले भने, ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सम्मेलत टोली उद्धार कार्यमा संलग्न थियो । एक साता भन्दा बढी भयो खोज्न थालेको अब मान्छे जिउँदै होलान् भन्ने आशा पनि छैन । अब भेटिने सम्भावना नदेखेरै टोली बुधबार साँझ घटनास्थल बाट फर्केको हो ।’ 

    बेपत्ता भएकाहरू जिवित भेटिने सम्भावना नरहेकाले खोजीकार्य बन्द भएको र आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij