सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

१० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

भीम रावलले एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार गरे किन ?


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/1623
    कात्तिक २३, २०७८ मंगलबार
    भीम रावलले एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार गरे किन ?

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले दसबुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज (मंगलबार) हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार गरेका छन् ।

    उनले आज गर्ने भनिएको एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि)– १२ विपरीत भएको दाबी गरेका छन् । 

    ‘गुटबन्दी’का आधारमा गर्न लागिएको बैठक र यसले गर्ने निर्णय ‘अवैध र अमान्य’ हुने रावलले घोषणा गरेका छन् । 

    ‘आज हुने भनिएको कथित सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ’, रावलले मंगलबार बिहानै भनेका छन्, ‘यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । 

    अपानि–१२ झापामा लागू हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’ सर्वोच्च अदालतको फैसलाले तत्कालीन नेकपा भंग गराएपछि पुनजीर्वित एमालेमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको पक्ष र अध्यक्ष केपी शर्मा ओलीको समूहबीच व्यापक विवाद भएको थियो । 

    त्यस क्रममा पार्टी फुट्न नदिन भन्दै दुवै पक्षका नेता सम्मिलित कार्यदल बनाई १० बुँदे सहमति गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij