कोविड—१९ कोरोना भाइरस १२० न्यानाेमिटर आकारको सूक्ष्म भाइरस हो । यति सूक्ष्म भाइरसले आज विश्व मानव जातिमाथि धावा बोलिरहेको छ । यसो भनौ भारस र मानिसबीच युद्ध चलिरहेको छ । यसले नाफाका लागि जस्तोसुकै हर्कत गर्न सक्ने पुँजिवादलाई पनि लकडाउन गरेको छ । आँखाले देख्न नसकिने यो भाइरसले दुनियाका बढेमानका सिंहासनलाई हल्लाइ दिएको छ । धेरै चर्चामा आएको कारोना भाइरस सन १९६० को दशकमा देखा परेको थियो जसको नाम सार्स भाइरस राखिएको थियो । तत्कालीन अवस्थामा आठ हजारभन्दा धेरै मानिसलाई संक्रमित गरेको उक्त भाइरसले ७७४ जनाको ज्यान लिएको थियो ।
डिसेम्वर ३१ मा चिनको हुवेइ प्रान्तको वुहान शहरमा देखिएको कोरोना भाइरस सन् २००३ मा देखिएको सार्स भाइरससँग ६० प्रतिशत मिल्दोजुल्दो देखिएको छ भने चमेरामा पाइने कोरोना भाइरससँग ९६ प्रतिशत मिल्दोजुल्दो छ । तसर्थ केहिले यसलाई चमेरा बाट मान्छेमा सरेको हुन सक्ने बताएका छन । यो भाइरसले चिनमा झण्डै ३३०० मानिसको ज्यान लियो । हजारौं मानिसमा संक्रमण फैलिन थालेपछि चिनले कोरोना भाइरस बिरुद्ध युध्दको घोषणा नै गर्नु पर्याे । चीनले यसको निवारण पनि सफलता हासिल गरेको छ ।
चिनमा कारोना भाइरसको माहामारि फैलाइरहेको थिायो तर अमेरिकालगायतका युरोपियन मुलुक रमिता हेर्दै थिए । उनीलहरु यो भाइरस प्राकृतिक हो या मानव निर्मित हो भन्ने विभिन्न अटकल बाजि र प्रचारबाजी गर्दै थिए । यतिसम्म कि यो भाइरस ल्यावमा उत्पादन गरिएको हो । यो बिकसित राष्ट्रहरुको जैविक हतियारको एउटा अंग हो । तर यो षड्यन्त्रको सिद्धान्तमा मात्रै आधारित थियो । नयाँ अध्यन अनुसन्धान अनुसार ती आसंकाहरु गलत सावित भयो ।
नावेल कोरोना भाइरस मानिसको एसिइ २ रिसेप्टमा गज्जवैसँग टासिएर बस्न सक्द छ । यसरी बस्न प्राकृतिक रुपमै सृजित भाइरस मात्रै सम्भव छ । त्यस्तो गुण मानिसले प्रयोगशालामा निर्माण गरिएको भनिएको भाइरस वा जेनेटिक इन्जिनियरिङको माध्यमबाट बनाइएको भाइरसमा हुँदैन ।
तत्कालीन अवस्थामा अनुसन्धान कर्ताहरुले दुइवटा सिध्दान्तहरु अघि सारेका छन् । पहिलो सिद्धान्त अनुसार यो भाइरस जनावरमा उत्पति भएको हुन सक्छ । जस्तै योभन्दा अगाडि सार्स सभेज, बिरालो, उटबाट मानिसमा सरेको थियो भने नयाँ भाइरसको केसमा ती जनावरहरुमा चमेराबाटै कोरोना सरेको हुन सक्ने बताइएको छ । यो भाइरस मानिसमा सर्नु भन्दा अगाडि जनावरलाइ संक्रमित तुल्याउने खालको रुपमा बिकसित भएको हुन पर्छ भन्ने अनुमान गरिएको छ । यो सहि सावित भए अन्य जनावरहरु मुलत चमेराहरुमा एक आपसमा सरिरहेको हुन सक्छ र फेरि पनि कुनै बेला आजको अवस्था जस्तै महामारी बिस्फोटक रुपमा फैलिन सक्छ । यो भन्दा झनै खतरानाक स्थिति आउन सक्छ ।
दोस्रो, सिद्धान्तले पनि यो भाइरस जनावर बाटै उत्पति भएको स्वीकार गर्दछ । तर जनावर हरुमा कुनै रोग देखा परेको छैन मुलत चमेरामा सुषुप्त र निस्कृय अवस्थामा रहेको छ । चमेरामा सुषुप्त अवस्थामा रहेको भाइरस मानिसको कोषमा छिरेर बाँच्न सिक्यो र रोग लगाउने किसिमले बिकसित भएर आयो । अनुसन्धान कर्ताहरुका अनुसार दोस्रो सिद्धान्त सहि सावित भए कोरोना भाइरस फेरि अर्काे महामारीको सम्भावना कम रहेने अनुमान गरिएको छ ।
यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भाइरस भन्दै खिसिटिउरिसमेत नगरेका होइनन् । तर अहिले अमेरिकामा नै सबैभन्दा धेरै संक्रमण भएपछि उनले नयाँ ट्विट गरेका छन् र उनले चीनको खुलेर प्रशंसा समेत गरेका छन । कोरोनाले विश्वका शक्तिहरुलाई एक ठाउँमा उभ्याइदिएको पनि छ ।
शक्ति राष्ट्रहरुले भिडियो कन्फ्रेस गरेर सबै सँगै भन्ने सन्देश दिएका छन र ...ट्रिलियन डलर घोषणा गरेर सफल युध्द लड्ने संकल्प गरेका छन् । यी सवै तथ्यहरुले यो प्राकृतिक भाइरस हो यसले कुनै राष्ट्र, जाति, क्षेत्र वर्ग लिंग उम्मेर समूह भनिरकेको छैन ।
१९९ देशमा फैलिएको छ । विश्वका एक चौथाई राष्ट्रहरु लगडाउनमा छन् ।
नेपालमा कोरोना
विश्व स्वास्थ्य संगठनले विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मानिसले लगाएका सवै साध सिमानाहरु पार गरेर यसले विश्वभरीका मानिसहरुसँग एकै पटक युद्धको घोषणा गरिरहेको छ । यस भाइरस बिरुध्द चिन सरकारले सफलतापूर्वक युध्द जित्यो र आफ्ना नागरिक हरुलाई कम भन्दा कम क्षतिमा सुरक्षित गरेको छ । नेतृत्वको परिक्षण संकटमा नै हुन्छ र यो संकटमा चीन सफल भएको छ । तर अन्य देशहरु यसको आक्रमणबाट भयभित बनेका छन् र असफल युद्ध लडिरहेका छन् । नेपाल पनि यसको अपवाद बन्न सक्ने अवस्था रहेन । संक्रमितको संख्या दैनिक थपिदै छ । खुसिको कुरा उपचार र सन्चो पनि हुने क्रम जारि छ । डिलै भएपनि नेपालले सावधानीको प्रयास गरेको छ । यतिबेला पछाडि फर्केर समीक्षा गर्ने र अलमलिने छुट कसैलाई पनि छैन । सबै एक भएर समस्या समाधानको लागि निर्णायक पहल कदमिको जरुरि छ र सरकारले समयमै देश लगडाउन गरेको छ । लगडाउन सँगै सरकार र नागरिकको दायित्व सग जाडिएका केही सवालहरु महत्त्वपूर्ण बनेका छन ।
स्वास्थ्य क्षेत्र
जब कुनै राष्ट्र युध्दमा होमिने अवस्था आउछ त्यस समयको निर्णायक शक्ति फ्रन्टलाइनमा रहने जनशक्ति नै हुन्छ । युद्धमा पराजित हुने वा बिजेता बन्ने भन्ने कुरा अग्रमोर्चामा हुने जनशक्ति आवश्य प्रविधिले कति सुसज्जित छ र उसको मनोबल के छ भन्ने कुराले धेरै कुरा निर्धारण गर्दछ । यति बेला देशले स्वास्थ्य संकट ब्यहोरि रहेको छ । मानवीय स्वास्थ्यको लागि युध्द गर्न परि रहेको छ । यति बेलाको महत्वपुर्ण क्षेत्र स्वास्थ्य क्षेत्र हो । यो युद्धको निर्णायक जनशक्ति स्वास्थ्यकर्मी नै हुन् । राष्ट्रमा स्वास्थ्य संकट पैदा भइरहेको अवस्थामा आफ्नो दायित्व बाट च्युत हुने छुट कसैलाइ पनि छैन । झन स्वास्थ्यकर्मीलाई झन हुने कुरै भएन । उनिहरुको अगाडि बाध्यकारी अवस्था आइपरेको छ । यो जैबिक युध्दमा फ्रन्टलाइनमा काम गर्न प्रयाप्त साधन श्रोत बिना स्वास्थ्यकर्मीहरुमा सर्वसाधारण जस्तै डर र सन्त्रास छ । परिवारमा ठुलो मनोबैज्ञानिक आतंक छ । यो बेला सरकारले मनज्ञ प्याकेज घोषणा गर्न आवश्यक छ । जस्तै आकर्षक बिमाको ब्यवस्था, तलव भत्तामा विशेष प्याकेज, प्रविधिको भरपुर उपलब्धता, सेवामा तल्लिन रहदा समस्या आइहाले सहिद घोषणा, परिवारको उचित ब्वस्थापनको जिम्मा राज्यले लिने लगायतका उचित र आवश्यक व्यवस्थापन घोषणा जरुरी छ ।
अहिलेको अव्यवस्था मै स्वस्थ्य परिक्षणको ब्यवस्थापन रहे राष्ट्रले ठुलो जोखिम उठाउन नपर्ला भन्न सकिन्न । त्यसैले स्वास्थ्य परिक्षणका लागि सम्भव भएसम्म सवै पालिकामा र नभए प्रत्यक प्रदेशमा भाइरस परिक्षण किटको ब्यवस्था सरकारले टाउकोले टेकेर पनि गर्नुपर्छ ।
लाखौको संख्यामा भारतबाट र अन्य देशबाट समेत ठुलो संख्यामा भित्रिएको जनशक्ति गाउशहर टोल टोल पुगेको छ । कहाँ कसलाई कति बेला देखिन्छ टुंगो छैन । पुरै सन्त्रास छ । यसलाई समाधान गर्ने उपाय भनेको व्यापक परिक्षण र स्थानीय सरकारको सक्रियता र सुरक्षाकर्मिको सहयोगमा सुबिधा युक्त क्वारेन्टाइन अहिलेको आवश्यकता हो ।
श्रमिकको ब्यवस्थापन
नेपालमा कोरानाका कारण सरकारले गरेको लगडाउन सँगै लाखौं श्रमिकहरुमा बिहान बेलुका के खाने तनाव बढिरहेको छ । संक्रमितहरु रोगले मर्ने अवस्था नबन्ला भन्न सकिँदैन । त्यस्तो अवस्था आउन नदिन भारत सरकार लगायत विभिन्न देशले श्रमिक मजदुरहरुको ब्यवस्थापनको जिम्मेवारी लिए जस्तै नेपाल सरकारले आवस्यक ब्यवस्थापनको जिम्मेवारी लिनुपर्छ । तर त्यसमा ढिलाइ भैरहेको छ । अमेरिका जस्तो सम्मपन्न भनिएको देशले त २० खरब डलर राहात प्याकेज घोषणा गरेको छ ।
जनचेतना अभिबृदि
राष्ट्र लगडाउनमा छ । यो बाध्यकारि अवस्था नागरिकको सुरक्षाको लागि हो । तर यो कुरा गउँसम्मका नागरिकलाई बुझाउन जरुरी छ । कोरोना लागि हाले स्थिति यति सम्म भयानाक छ कि जहाँ श्रीमतीलाई लागिहाले श्रीमान ,श्रीमानलाइ लागिहाले हेरचाह स्याहार सम्मारको त कुरै छाडौ नजिक जान पनि बन्देज छ । ठुला र सुबिधा सम्पन्न राष्ट्रपनि नागरिकको जिम्मेवारी वहन गर्न सकिरहेको छैन । आज इटलिमा सुरुमा सरकार र नागरिकको लापरवाहिको कारणले मृतक लाई दाहसंस्कार गर्ने ठाउँ पनि पाइरहेको छैन मलामिको त कुरै छाडौ।अमेरिका जस्तो मुलुकमा सुरुसुरुमा तन्नेरी हर्माेनले मातेका अमेरिकन युवा युवतीले टेरपुच्छर नलगाउदा आज सबैभन्दा बढि संक्रमित र मृतकको संख्या बढि पुगेको छ । त्यसैले हाम्रो मृत्युको कारण हाम्रो लापरबाही नै बन्दैछ भन्ने कुरा बुझाउन जरुरि छ ।
अर्कोतर्फ रोग लागिहाले रोगले भन्दा पनि मनोबैज्ञानिक आतंकको कारण मान्छे छिटो मर्ने जोखिम पनि उत्तिकै छ । बाहिरबाट नेपाल प्रबेश गर्नेको मनोबिज्ञा हेर्दा आवस्यक परिक्षण, केही समय क्वारेन्टाइन बस्नेभन्दा पनि भाग्ने छल्ने प्रबृति बढि छ । विश्व तथ्यांक अनुसार ९५ प्रतिशत रोगले र ५ प्रतिशत डरका कारण हृदयघात भएर मृत्यु भएको छ । त्यसैले यसको औषधि उपचार नभएपनि इम्युनिटि पावर राम्रो हुने र उच्च मनोवल राख्न सक्दा र स्वास्थ्यको लागि अनुकुल वातावरण हुन सक्दा रोग निको हुन सक्छ भन्ने कुरा चाइनिज तथ्यांकले बताइ सकेको छ ।
हरेक सय जना बिरामिमा तीन जनाको मृत्यु भैरहेको छ । लापरबही गरियो भने स्थिति खतरातिर जान्छ । सानो लापरबाहीको कारण कोराना फ्रान्स हुँदै नेपाल प्रवेश गरिसकेको छ ।
अब घरमा प्रबेश नगराउन सरकारको निर्देशन अक्षरस कार्यन्वयन गर्न सडक पेटिमा बरालिनेलाई सुरक्षाकर्मीद्वारा लखेट्न लगाएर मात्रै हँुदैन । गाउका चोक चौतारामा बरालिनेलाई स्थानिय पालिकाले ढिलो नगरि सचेतना फैलाउन जरुरि छ ।
अत्यावश्यक बस्तु आपुर्ति र ब्यवस्थापन
उपभोग्य बस्तुको आपुर्तिको बिबिधता र प्रयाप्तताको कारणले अमेरिकी पुँजिवाद संसारमा प्रसिध्दि थियो । यहि उसको श्रेष्ठताको परिचायक थियो । साम्यवाद बिरुद्धको शीत युध्द यहि यसको प्रसिद्धिले गर्दा पनि जितेको थियो । तर अहिले अमेरिका जस्तो देशमा थोक र फुटकर डिपार्टमेन्टल स्टोरहरुमा सरसफाइ गर्ने अल्कोहल हात धुने झोल सावुन चामल अण्डा पिउने पानिको बोत्तल समेत हाहाकार छ । नेपालमा कोरोनाको हल्ला चल्दा नचल्दै लगडाउन अगाडिदेखि नै कृतिम अभाव खडा गरेर कालो बजारि निक्कै मौलाउन खोज्यो भने महिनौ दिन लगडाउन लम्बिदा अत्यावश्यक बस्तु प्राप्ति गर्ने कसरी यसका बारेमा समयमै सरोकारवाला निकायको र आम नागरिकको ध्यान जानपर्छ । सरकारले दिएन भन्ने दोस लगाएर मात्रै हुँदैन । हुनेले अकुत कमाउने नहुने भाकै मर्ने अवस्थाको अन्त्यको लागि नागरिक तहमा पनि हार्दिकतापूर्वक सहकार्य र सद्भाव जरुरी छ ।