बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

टीकापुरमा चक्कु प्रहार गरी एक युवकको हत्या


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/1656
    कात्तिक २४, २०७८ बुधबार
    टीकापुरमा चक्कु प्रहार गरी एक युवकको हत्या

    टीकापुर । एक समूहले चक्कु प्रहार गरी कैलालीमा एक युवकको हत्या गरेको छ । लम्की चुहा नगरपालिका वडा नं. १ का २२ वर्षीय भूपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट ज्यान गएको हो । 

    टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन÷चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले चक्कु प्रहारबाट बडुवालको ज्यान गएको जनाएको छ । 

    प्रहरीले घटनामा संलग्नता रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान र अपराधीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए । 

    घटनाको नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट घटनामा दुई समूहबीच झडप भएको हुन सक्ने खुलेको सापकोटाले बताए । 

    मृतक बडुवालका आफन्त एवं संविधानसभा सदस्य भगत बडुवालले घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै निष्पक्ष अनुसन्धान गरेर दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । ‘घटनामा संलग्नहरुको पहिचान खुलिसकेको छ, तत्काल पक्राउ गरेर कारबाही गर्न जोडदार माग गर्दछु’, उनले भने ।

    चक्कु प्रहारबाट युवकको ज्यान गएपछि टीकापुरको शान्ति, सुरक्षामाथि प्रश्न उठेको छ। दुई साताअघि टीकापुर नगरपालिका वडा नं. ८ मा समेत एक युवकको चक्कु प्रहारबाटै ज्यान गएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij