रुकुमपूर्व । बलात्कार आरोप लागेपछि रूकुम पूर्वका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथविरूद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेको थियो ।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा बलात्कार गरेको जाहेरीपछि नाथलाई पक्राउ गरिएको हो ।
नाथ पत्रकार हुन् । उनले गत सोमबार ती किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको आरोप छ । उनीमाथि मंगलबार किटानी जाहेरी परेको थियो। उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
किशोरीको स्वास्थ्य परीक्षण गरिए पनि रिपोर्ट आइसकेको छैन । नाथविरूद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।