डडेलधुरा । नेकपा (एमाले) डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेतृतवसहितको टोली माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेको छ ।
समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार एमालेका तत्कालीन अध्यक्ष डा।तारा जोशीसहितका नेता कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेका हुन् ।
समाजवादीतिर लाग्ने क्रममा डा. जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएको आरोप लगाए । उनले ओली जनभावना विपरीत गएको बताउँदै आफूहरू समाजवादीमा समाहित भएको जिकिर गरे ।
जोशीले ५१ सदस्यीय जिल्ला समितिका पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा लागेको घोषणा गरे । १४ जना भातृ संगठन प्रमुखको टोलीसहित समाजवादीतिर लागेको पनि जोशीले दाबी गरेका छन् ।
सुदूरपश्चिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिविपरीत गतिविधि गराएपछि डडेल्धुरामा एमाले विभाजन भएको हो । डा. जोशी निर्वाचित जिल्ला अध्यक्ष हुँदाहुँदै ओलीले प्रकाश साउदलाई अर्का अध्यक्ष बनाएका थिए ।
केन्द्रमा १० बुँदे सहमति भएपछि आफू जिल्ला अध्यक्ष हुनुपर्ने डा। जोशीले माग गर्दै आएका थिए । तर आफ्नो कुरा नसुनिएपछि जोशी समाजवादीतिर लागेका हुन् ।