मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको कोवाङमा भीषण हिमपहिरो आएको छ ।
आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अहिलेसम्म हिमपहिरोका कारण भएको मानवीय क्षतिको विवरण आइसकेको छैन ।
तर हिमपहिरो झरेपछि आत्तिएर भाग्ने क्रममा विद्यार्थीसहित सातजना स्थानीय घाइते भएका छन् । शर्माका अनुसार अहिलेसम्म उनीहरुको खुट्टा भाँचिएको र मर्किएको विवरण आएको छ ।
उनीहरुलाई अहिले जोमसोमस्थित अस्पताल पठाइसकिएको प्रजिअ शर्माले बताएका छन् । यहाँ अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैनु, उनले भने, तर चौंरीको चरन भएकाले त्यहाँ केही चौंरी परेको हुन सक्छ ।