आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राजनीति

प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गर्ने


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/1802
    कात्तिक २८, २०७८ आइतबार
    प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता  गर्ने

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (सोमबार) प्रदेशसभामा प्रस्ताव दर्ता गर्ने भएका छन् ।

    कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी रहेको छ ।

    दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण मङ्गलबार दिउँसो १२ः३० मा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनका लागि आज प्रस्ताव दर्ता गर्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

    आजै क्याबिनेट बस्ने र क्याबिनेट निर्णयपछि विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता हुने उनले बताए ।

    गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए भने मङ्गलबार विश्वासको मत लिएपछि मात्रै सरकार विस्तारको काम गर्ने उनले बताउँदै आएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij