आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

पुँजीवादी विश्वमा मास्कको कहर

  • 72.2K
    SHARES
  • https://indrenipost.com/posts/181
    चैत २०, २०७६ बिहीबार
    पुँजीवादी विश्वमा मास्कको कहर

    मास्क नपाएर डाक्टर मर्नुपर्ने दिन आउँला भनेर विश्व शक्तिशाली बन्न जे पनि गर्न पछि नपर्ने अमेरिकी सरकारले सायदै साचेको थियो होला । पुँजीवादी व्यवस्थाले मानवको हितमा काम गरिरहेको छैन् भन्ने यो भन्दा गतिलो प्रमाण अरु के हुन सक्छ ? यदि त्यो हुँदैन थियो भने पृथ्वीलाई चालिस पटक ध्वस्त पार्न सक्ने हतियार उत्पादन गर्ने अमेरिकाले अरबौं मानिसलाई पुग्नेगरी मेडिकल मास्क किन उत्पादन गरेन ? यो सिंगो मानवजातिका लागि गंम्भिर प्रश्न हो ।

    केही महिनादेखि विश्वका मानवजाति कोरोना भाइरससँग युद्ध लडिरहेको छ । यो यस्तो युद्ध हो, जुन लडाइँमा मानवको रक्षा गर्ने सेनाका रुपमा डक्टरहरु २४ घण्टा लडिरहेका छन् । आम मान्छेहरु आँखाले देख्न नसकिने भाइरससँग कसरी लडिरहनुपरेको छ त्यसको उदाहरण हामी सबै हौं । हामी यतिधेरै लुक्नुपरेको छ ता कि यो हाम्रो शरिरमा प्रवेश गर्न नपाओस् । हामी आम मानिसहरु कोरोनासँग यसरी लडिरहेका छौं— लुकेर, जतिसक्दो एक्लो बसेर, साबुन पानीले हात धोएर, मास्क लगाएर । डाक्टरहरुले यसका अलावा मानिसमा प्रवेश गरेको भाइरससँग पनि युद्ध लड्नुपरेको छ । यो युद्धमा करिब ४७ हजार मानिसहरुले ज्यान गुमाइसकेका छन् भने दश लाख मानिस यसकाे संक्रमणमा परिसकेका छन् । तर युद्ध जारी छ । जसको शरिरमा यो भाइरसले प्रवेश गर्दछ उसँग कोरानालाई परास्त गर्न एउटै मात्र हतियार बाँकी रहन्छ-आत्मबल । त्यसलाई परास्त गर्न बाँकी हतियार संक्रमितसँग छैन् । स्वास्थ्यकर्मीको सक्दो प्रयासले धेरै विरामीहरुले नयाँ जीवन पाउनुभएको छ । तर हामीले सुनिरहेका छौं यो युद्धमा आत्मबल कमजोर हुँदा पनि धेरैले ज्यान गुमाइरहेका छन् । अमेरिका जस्ताे विश्वकै सम्पन्न देशमा स‌ंक्रमित मास्क लगाउन बाध्य हुनुपर्दा डक्टरले नै ज्यान गुमाउनु परेकाे छ । यसरी डक्टरकै आत्मवल कमजाेर बन्दै जाँदा अवस्था कतिसम्म खतरा बन्ला त्याे कल्पना गर्न निकै कठिन छ ।

    शक्ति राष्ट्रहरुले मानव रक्षाका लागि सबैभन्दा बढी खर्च गर्नुपर्ने क्षेत्रमा कम र कम खर्च गरेपनि हुने क्षेत्रमा अत्याधिक खर्च गरिरहेको परिणाम भोगिरहनु परेको छ । मानव जातिको विनासका लागि सबैभन्दा चुनौति मानिस आफै बनिरहेको छ ।

    मानवजातीले शक्तिको अहंकारका कारण मानिसलाई नै सिध्याउन धेरै अहियार र सेना बनाएका छन् । पृथ्वी एउटै छ भन्ने थाहा हुँदा हुँदै पनि सयौं पटक ध्वस्त पार्न सक्ने आणविक हतियार बनाए । विडम्बना आज कोरोना भाइरससँगको विश्वयुद्धमा ती सम्पूर्ण हतियार र सेनाहरु निरर्थक भएका छन् । काम लागेको छ भने स्वास्थय क्षेत्रमा मानिसले गरेको खोज र प्रविधि काम लागेको छ । इन्टरनेटको अद्भुत क्षमता काम लागेको छ र तीनै कुरा आज मानव जातिको अस्थित्व रक्षाको प्रमुख साधन बनेका छन् ।

    शक्तिशाली बन्न विगतदेखि हुँदै आएको शक्तिराष्ट्रहरुबीचको लडाइँ र होडबाची सबै फाल्तु कुरा बनेका छन् । यतिवेला केही कुरा काम लागेको छ भने त्यो विश्वका मानवजातिबीचको एकता र सहकार्य काम लागेको छ । कोरोना भाइरसले यस्तो सन्देश दिइरहेको छ कि पृथ्वीको एउटा मात्रै मानिसप्रतिको व्यवास्था सिंगो विश्वका मानिसका लागि चुनौति र खतरा रहन्छ ।

    कोरोनासँगको युद्धमा मानिसको विजय अवश्य हुने नै छ । तर यो युद्ध पुरै हार र जीतको हुने छैन् । कोरोनामा पनि रहेने छ र मानिस पनि । तत्कालको युद्धमा मानिसले निश्चय पनि जित्ने छौं । यहि कारण पृथ्वीमा मानिसको अन्त्य हुने छैन् । तर मानिसलाई कोरोनाले धेरै कुरा सिकाएर जानेछ । हामीलाई हात धुनुको महत्व सिकाएर जानेछ । मानिसहरुबीच आपसमा धेरै टाढा नहुन सिकाएर जानेछ । धेरै नजिक पनि नुहन सिकाएर जानेछ । मासिनलाई आपसमा लड्न होइन मिल्न सिकाएर जानेछ । सबैभन्दा धेरै त भोलिका दिनमा कोरोनाजस्ता वेहिसाब भइरसहरुले गर्न सक्ने आक्रमणको विरुद्ध सिंगो मानवजातिलाई पूर्व तयारी गर्न सिकाएर जानेछ । लगानि हतियारमा होइन, स्वास्थ्य क्षेत्रमा गर भन्ने सन्देश दिएर जानेछ ।

    मानवको  अहितमा पुँजीवाद

    पुँजीवाद कालजयी रहेनेछ भन्ने धरैलाई लागेको थियो । तर पुँजीवादले थुप्रै संकटहरु व्यहोरे यहाँसम्म आइपुगेको छ । पुँजीवाल मानवीय छैन भन्ने हजार प्रमाणहरु छन् । कोरोनाको महामारिले विश्वभरीका लाखौं मानिस मृत्युको मुखमा रहेका वेला पनि अमेरिकामा रहेका खर्वपतिहरुले मानवजातिको रक्षाका लागि सहयोग गरिरहेका छैनन् । सिंगो पृथ्वी ध्वस्त पार्न सक्नेगरी हतियार र सेनामा खरबौं डलर खर्च गरेको अमेरिकामा आज मास्कको अभावका कारण डक्टरहरुले नै मृत्यु बरण गर्न बाध्य हुनुपरेको समाचार हृदय विदारक छ । अमेरिकी डक्टरहरु भनिरहेका छन् हामी कोरोना संक्रमित विरामीको उपचार गर्दागर्दा निरास भैसकेका छौं । यदि डक्टरकै सुरक्षा भएन भने लाखौं अमेरिकी नागरिकले कोरोना भाइरसका लागि जीवन गुमाउनुपर्ने अवस्था बनिरहेको छ । यस्तो वेला सहयोगका लागि तयार नहुने पुँजीवाद मानवीय त हुनै सक्दैन । साथै यो कतिसम्म निकृष्ट छ भन्ने कुरा पनि थप प्रमाणित भएको छ । त्यसकारण अबको मानव जातिको रक्षा र प्रगतिका लागि अमानवीय पुँजीवादको विकल्पमा नयाँ विश्वको निर्माण अनिवार्य बनेको छ । त्यो विश्वलाई कतिले समाजवाद भन्लान । कतिले अरु केहि नाम देलान । नाम जे राखेपनि वर्तमान पुँजीवादको विकल्पको सामाजिक व्यवस्था जुन व्यवस्थाले सिंगो मानवजातिको हितमा काम गर्दछ त्यो आपरिहार्य बन्न गएको छ ।

    नेपाल सरकारको कमजोर भूमिका

    कोरानो महामारीले विश्वभर आतंक मच्चाइरहेका वेलामा नागरिकहरुले सरकारबाट अन्य समयमा भन्दा धेरै अपेक्षा गर्नु स्वभाविकै हो । यस्तै संकटमा त हो राज्य चाहिएको । यस्तै संकटमा त हो सरकार चाहिएको । नागरिकलाई सरकारको सहयोग चाहिएको । यदि संकटमा सरकार जनतका लागि कुनै काम लाग्दैन भने त्यस्तो सरकार किन चाहियो ? प्रश्न उठ्नु अस्वभाविक हुँदै होइन । नेपाल सरकारप्रति पनि यतिवेला यो प्रश्न उठेको छ ।

    वैश्कि संकटको समयमा पनि घोटला र कालाबजार गर्ने सरकार किन चाहियो ? जंगबहादुरलेसमेत राष्ट्रिय संकटका वेलामा कालाबजारी गर्नेलाई पाँच जना साक्षी राखे काटिदिए हुन्छ मलाई सोधिरहन पर्दैन भनेका रहेछन् । तर यहाँ त सरकार आफै कालाबजारी र लुटको धन्दामा लाग्नु लाजको विषय मात्र पक्कै होइन । यस विषयमा आम नागरिकको गम्भिर चासो व्यक्त भएको विषयप्रति सरकारले व्यवास्ता नगरोस् ।

    नेपाल सरकारले देशभित्र रहेका नेपालीको सुरक्षका लागि गरेको सजगताप्रति भन्नु केही छैन् । यो आवश्यक थियो । नागरिकले यो कुरा स्वीकार गरेकै पनि छन् । तर सरकारले संभव भएसम्म अन्य देशमा रहेका नेपालीहरु जो बाध्यताले मजदुरी गर्न गएका छन् तिनीहरुको जीवन रक्षा गर्नु पनि त कर्तव्य हो । हिज चीनमा रहेका नेपाली लिन जहाज लिएर जाने सरकार आज मजदुरीका लागि भारत गएका र सीमानाम अलपत्र परिरहेका नेपालीहरुको उद्दारमा किन गरिरहेको छैन् ? यो सरकारको दायित्व हो कि होइन ? उनीहरुलाई सहजै आफ्नो घरमा जान दिनुपर्छ कसैले भनेको छैन् । तर उनीहरुलाई सरकारले जिम्मा लिएर कुनै निश्चित स्थानमा क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेक जाँच र खाने वस्ने व्यवस्था गर्नु पर्छ कि पर्दैन ? कि मजदुरहरुलाई बाँच्ने अधिकार छैन् सरकार ? देशमा काम नपाएर छिमेकी मुलुकमा कहरले मजदुरी गर्न जानु अपराध हो ? के कोरानाबाहेक अरु कुनै महामारि आउँदैन ? कोरोनाका कारण मजुदरको जीवनमाथि व्यवास्था गर्दा अर्को योभन्दा डरलाग्दो महामारी आयो भने के हुन्छ ? आज भारतमा लक डाउनका कारण मजदुरहरु भोकमरीले मर्न थालेका छन् । त्यो अवस्था नेपालमा नआउला भन्ने के ? सरकारको प्रभावकारी राहात योजना खोइँ ? के सरकारसँग यी प्रश्नको जवाफ छ ।

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij