ओखलढुङ्गा । ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप सोमबार बिहान दुर्घटना भएको हो ।
एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । दुर्घघटनाबारे थप विवरण आउन बाँकी छ ।