काठमाडौं । प्रदेश १ का सत्तारूढ गठबन्धनका पाँच वटै दलका सांसदहरूको संयुक्त बैठक विराटनगरमा सुरू भएको छ ।
विराटनगरस्थित विग होटलमा पाँच दलले आफ्ना सबै सांसद भेला गरेर भोलि प्रदेशसभामा हुने विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिने जनाएका छन् ।
आज सम्पन्न कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिएको छ । मुख्यमन्त्री राजेन्द्र राईले भोलि प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।
गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् ।