आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राजनीति

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1868
    मंसिर १, २०७८ बुधबार
    प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । 

    मुख्यमन्त्री राईले हिजै प्रदेशसभामा विश्वासको मत लिन खोजेका थिए। तर, प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदहरू अनुपस्थित भएपछि विश्वासको मत लिने कार्यक्रम आजको लागि सारिएको हो । 

    एमालेले मंगलबार विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण देखाउँदै प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

    बुधबार बिहान साढे ११ बजे बस्ने बैठकमा विश्वासको मतसम्बधी प्रस्ताव टेबुल गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । मुख्यमन्त्रीको प्रस्तवामा आजै मत विभाजन गर्ने तयारी सत्ता पक्षले गरेका छन् ।  

    एमाले नेता तथा तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादी)का नेता राईको नेतृत्वमा गएको कात्तिक १६ गते प्रदेश १ मा नयाँ सरकार बनेको थियो । मुख्यमन्त्री राईलाई एमाले बाहेक प्रदेश सभाका सबै दलले समर्थन गरेका छन् ।

    प्रदेश सभाको सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम सांसद संख्या ९२ मात्रै छ । बहुमतका लागि मुख्यमन्त्री राईलाई ४७ मत आवश्यक पर्छ । 

    गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij