मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राहत वितरण

अग्निपीडितलाई राहत दिन मुख्यमन्त्री शाही पुगे मुगु


  • 847
    SHARES
  • https://indrenipost.com/posts/1871
    मंसिर १, २०७८ बुधबार
    अग्निपीडितलाई राहत दिन मुख्यमन्त्री शाही पुगे मुगु

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न आज मुगु पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टरमा खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत सामग्री लिएर शाही सुर्खेतबाट आज बिहान मुगु गएका हुन् ।

    मुख्यमन्त्री शाहीका साथमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यलगायत पनि मुगु गएका छन् । 

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार अग्नी पीडित २२ परिवारलाई २५० थान कम्बल, स्वीटर, ज्याकेट, २१ थान त्रिपाल वितरण गरिने छ । 

    मङ्गलबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले खाद्यान्नलगायत सामग्री आवश्यकताका आधारमा दिने निर्णय गरेको प्रवक्ता खडकाले बताउनुभयो । 

    कात्तिक २९ गते राति मुगु सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए । आगलागीबाट करोडौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । 

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij