जतिवेला मानवीय सभ्यताको विकासले सामाजिक रुपान्तरणको लागी संघर्षरत थियो, त्यतिबेलादेखि नै वर्तमानको समाज आदिम युग जहाँ मानिसहरूले जंगलि सभ्यताको रुपमा गुफा र ओढारहरुमा जीवन ब्यतीत गर्दै अगाढी बढेको थियो । त्यही अवस्थादेखि नै मुलरुपमा बलिया मानिसहरुले समुहको नेतृत्व गर्ने गरि संघर्षको रुपान्तरण बाटै दास युगिन अवस्थामा समाजको रुपान्तरण भयो ।
यससँगै मानवीय धरातलहरु समुहमा विभाजन भै समुहको नाइके रहने र भुगोललाई कब्जा गरि आफ्नो नियन्त्रणमा राख्ने र सोहि क्षेत्रमा बलियाहरुले कमजोरमाथि आधिपत्य जमाउने ब्यबस्था सयाैं वर्षसम्म टिक्यो भने निरन्तर संघर्षबाटै सामन्तीयुगको चरणमा समाज प्रवेश गर्यो । यस सँगै मानवीय पहिचान भूस्वामित्वको एकाधिकार रङ्गभेदि ब्यबहारको विकास भयो । नकि तत्कालिन समयमा कालो गोरो विचको बिभेद त रह्यो नै तर अहिले रहेको जस्तो जातीय विभेद थिएन । त्यतिबेला र मुल रुपमा मानवीय विभेद संस्कारको रुपमा रहि रह्यो । त्यसको असर अहिलेसम्मको समाजले भोग्दै छ । सामाजिक अवसरबाट बन्चित गर्ने सबै कुराहरुको जिवित उदाहरण ऐले पनि कायम नै छ । यसले अझबढी रुपमा समाजलाइ जटिलतातर्फ धकेल्दै सभ्यताहिन समाजको चित्रण सयाैं वर्ष गराइरह्यो ।
यसैको फलस्वरुप साना साना टुक्रा टुक्रामा बांढिएका शक्ति आर्जन गरेका भूगोलहरु नै पछि राज्य राज्यमा रुपान्तरण भए । राज्यभित्र रहेका असामाजिक तत्व जीवित रहंदै कठोर संघर्ष बाटै सामन्ती राज्य ब्यबस्थाहरु हट्दै समाज अगाडि बढ्यो । सामन्ती युगको अन्त्य संगै वर्तमानमा भैरहेको वर्तमानको अवस्था हो पूँजीवाद यसले खासगरी भविष्यको लागि अधुनिक मात्रामा आर्थिक उत्पादन बढाइ आफुलाइ मजवुत बनाउन र त्यसको असर सामाजिक राजनितिक आर्थिक पक्षमा उत्पादनलाई बढाई निजि स्वामित्वमा राख्ने आफुले चाहेको बखत परिचालित गरि नाफा कमाउने र आफुलाई सामाजिक रुपमा अधिकार जमाउने व्यवस्था नै पूँजीवादी व्यवस्था हो । जुन पूँजीवादी दर्शनबाट गाइडेड भएर अगाडि बढिरहेको छ भने विस्वभरी नै यसैको अभ्यास भैरहेको छ ।
हरेक परिघटनाबाट सामाजिक उत्तरदायित्व नहुने सामुहिक कल्याण नहुने भएकाले अझ भनांै अहिले नेपालमा भैरहेको महामारिबाट निजि अस्पताल बेखबर रहनुलाई यसको उदाहरण लिन सकिन्छ । किनकि ति नाफा कमाउने उद्देश्य बाटै प्रेरित भएका र सामाजिक कल्याण सामुहिक हितबाट टाढा रहेका छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ । पुँजीवादमा धेरै संख्याका मजदुरलाई थोरै संख्याका मालिकले नियन्त्रण गरि आफुलाइ आर्थिक सामाजिक उत्पादनसंग जोडदै आफुलाई समाज नियन्त्रण गर्न सक्ने हैसियत राख्ने गरि नाफामा मात्र ध्यान दिनु सामुहिक हितप्रति ध्यान नजाने ब्यबस्था आज पनि संसारभर लागु नै छ । यहि अवस्थाबाट गुज्रेको समाजले समाजमा रहेका बिभिन्न जातजाती, भाषा, धर्म, क्षेत्र, वर्गको कसरी सम्बोधन गर्न सक्छ भन्ने नै यक्ष प्रश्न हो । तसर्थ हामिले यस पुंजिवादी ब्यबस्थाबाट मुक्तिपाउनको लागी यस संग प्रत्यक्ष जोडिएका कलकारखाना ,उध्योगधन्दा ,निजि बिधालय,स्वास्थ्य संस्थाले पनि प्रत्यक्ष रुपमा राज्यको व्यवस्था माथी नै पहुँच राख्ने सामाजिक आर्थिक राजनीतिक नियन्त्रणसमेत मुठ्ठिभर बनाउने हुँदा सामाजिक न्याय होला त भन्ने गम्भिर प्रश्न हो । तसर्थ वर्तमानको अवस्था भनेको सामाजिक न्याय सहितको समाजवाद नै विकल्प हो भन्न सकिन्छ ।
समाजको जुन संरचना छ त्यो नै विभेद्पुर्ण छ । यहाँ सामाजिक, आर्थिक, राजनीतिक अवसर सबै मुठ्ठीभर रहेको हुँदा नै सबै वर्ग, लिङग, क्षेत्र समुदायको पहुँचमा पु¥याउन अवसर सृजना गर्नु नै सामाजिक न्याय हुन सक्छ । सन् १८६० ताका बहुत चर्चामा रहेको आदर्श सैद्धान्तिक दर्शनको रुपमा समाजवाद थियो यस व्यबस्थालाइ अझ बढी मात्रामा ग्रहण गर्नको लागि अत्यावस्यक छ नै किनकि यो व्यवस्थामा पुँजीवादमा जस्तो मानिलिउ एउटा उद्योगले एक करोड नाफा कमायो १०० जना कामदार छन भने त्यहाँ १०० जना कामदारले २० लाख पाउला बाँकी मालिकले राख्छ भने ठिक त्यसको उल्टो अर्थात समाजवादमा जति जना कामदार छन् । सबले त्यो एक करोडको बराबरी हकदार हुन्छन् । अझ भनौ उत्पादनका साधनमाथि राज्यको नियन्त्रण रहने समान अवसरको वितरण हुने सामाजिक उत्तरदायित्व बहन हुने भएकोले समाजवादको अभ्यास हुन जरुरी छ भनिएको हो । यो मुल रुपमा स्थापित हुनका लागि राज्यको नेतृत्वमा समाजवाद विचार धारा र त्यसको ब्यबहारको क्रियान्वयन हुनु नै मुल पक्ष हो । तसर्थ वर्गविहिन समाज सम्पतिमा समाजको साझा स्वामित्व समेत अभ्यास यहि चरणमा हुने र सबै वर्ग, लिङग, भाषा, धर्म, क्षेत्रको न्याय नै समाजवाद नै प्रमुख विकल्प भएको हुँदा सामाजिक न्यायसहितको समाजवाद वर्तमानमा आवस्यक छ भन्न सकिन्छ ।