जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ ।
लामो रस्साकस्सीपश्चात् दुई मन्त्रालयसहित एकीकृत समाजवादी आज आइतबार बिहान मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी भएको हो ।
उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी प्रमोद यादवले पाएका हुन् ।
दुवै मन्त्रीले आज बिहान बिहान १० बजे पद तथा गोपनीयताको शपथ खाएका छन् ।