आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

'ग्रामिण अर्थतन्त्रको रक्षामा सरकारको ध्यान जाओस्'

  • 66.6K
    SHARES
  • https://indrenipost.com/posts/199
    चैत २६, २०७६ बुधबार
    'ग्रामिण अर्थतन्त्रको रक्षामा सरकारको ध्यान जाओस्'

    विश्वभर तीव्र रुपमा फैलिरहेको भाइरलको आतंकले प्रभावित नभएको मानिस होला ? यसको साझा उत्तर छ सायदै कोही होला ।

    छोरोले दुई महिना अघितिरै निकै जिज्ञासापूर्वक भन्दै थियो– बाबा, यो कोरोनाले सबै मानिसलाई मार्यो भने हाम्रो यो कोठामा पनि कोराना आएर बस्छ होला । पसल पनि कोरानाले खोल्छ होला । अनि यी गाडीहरु पनि कोरोनाले नै चलाउछन् होला । यो संसार नै कोरोनाको हुन्छ होला है बाबा !

    यति भनेर पनि उसको कुरा सकिंदैन थियो । “बाबा, यो कोरोनादेखि आर्मी, पुलिस पनि डराउछन् हो ? बन्दुकले पनि यो कोराना मर्दैन ?” पाँचवर्षको छोरालाई दिन चित्तबुझ्दो जवाफ थिएन । यतिमात्रै भनियाे कि केही पनि हुँदैन बाबु । यो सबै हल्ला मात्रै हो । हाम्रो नेपालमा आउने बाटो नै थाहा छैन कोरोनालई । छोरालाई त्यसो भन्दै गर्दासम्म कोरानले नेपाल चिनको थिएन पनि । तर दुई महिना अघि छोरालाई दिएको जवाफ झुटो भैसेको छ छोराकै लागि पनि ।

    यस्ता अनगिन्ती प्रश्न दुईमहिनादेखि सोधिरहेको छ छोराले । उ अहिले गाउँ गएको छ । फोनमा कुरा हुँदा उसले कोरोना काठमाडौंबाट कहिले भाग्छ ? हाम्रो गाउँमा आउछ कि आउँदैन । हाम्रो गाउँ त्यसलाई थाहा छ कि छैन् ? कोरोनाले मार्यो भने हामी फेरि बाँच्छौं कि बाँच्दैनौं ?

    आज विश्वभरीका बालबालिकाले सोध्ने प्रश्नहरु यस्तै यस्तै होलान् । कोरोना भाइरसको संक्रमणभन्दा डरलाग्दो कोरोनाबारे फैलिएको आतंक छ । बालबालिकाहरुको मनोविज्ञानमा परेको असर छ । आज विश्वभरी यसका बारेमा केही पहल भैरहेको सुन्न पाइदैन । बहादुर कहलिएकाहरु पनि कायरमा फेरिएका छन् । सारा पुँजीवादी सुख दुखमा बदलिएको छ ।
    पुँजवादी व्यवस्थाले अद्भुत र अकल्पनीय कामहरु गरेको छ । संसारभर आलिसान सपिङ्ग महलहरु बनेका छन् । आलिसान लाखौं होटलहरु बनेका छन् । बार र डान्सक्लबहरु बनेका छन् । त्योभन्दा धेरै सैन्य क्याम्प र हतियारका बंकरहरु बनेका छन् । मानिससँग भिड्न मानिसहरुलाई करोडौंको संख्यामा सेनामा परिणत गरिएको छ । संसार खरानी हुनेगरी हतियार बनाउन मानवजातिले आर्जन गरेको ज्ञान, विज्ञान, प्रविधि र करिब गरिबी मुक्त बनाउन पुग्ने सम्पन्नता हतियार निर्माण, सेना र युद्धमा प्रयोग भएका छन् । तर यो भाइरस वारमा ती सबै किनाराका साँची बनेका छन् । सेनाहरु व्यारेकमै सायद कापेर बसिरहेका छन् । मानवजातिले सुक्ष्म जगतसँग युद्ध लडिरहनु परेको छ ।

    KP-Oli-sad_20190922005925-1.jpg

    वास्तवमा पुँजीवादी व्यवस्था विगतका सम्पूर्ण व्यवस्थाभन्दा धेरै खुनी भएको छ । विश्व इतिहासमा दुई विश्वयुद्ध पुँजीवादकै देन थियो । अन्य क्षेत्रीय युद्धहरुमा पनि लाखौं मानिसको कत्लेआम हत्या गरिएका छन् । मानवहत्या, अन्याय अत्याचार, शक्तिको होडबाजीले वर्तमान पुँजीवादी व्यवस्था कलंकित बनेको छ, अमानवीय सिद्ध भएको छ । यसले आर्जन गरेको खरबौं डलर कोरोनाको महामारिको वर्तमान समयमा कुनै काम आएको छैन् । मानव जातिको अस्तित्व रक्षा गर्न पुँजीपतिहरुले लुटेर थुपारेको धन अर्थहिन बन्न पुगेको छ ।
    यसरी हेर्दा कोरोना महामारीले विश्वको चलिरहको अर्थतन्त्रमा उथलपुथल ल्यइरहको छ र नयाँ आर्थिक ढाँचाको समाजको अपरिहार्यता बोध गराएको छ । त्यसैगरी मानिसहरुको परम्परागत सोचविचार र संस्कारमासमेतमा उथलपुथल भैरहेको छ । मानौं यो निकृष्ट समाजको अन्त्य र उत्कृष्ट मानवीय समाजको आगमनको प्रसव घडी हो । यस्तो समयमा नेपाल सरकारले केही राम्रो काम गर्ने सक्ने अवसरहरु गुमाइरहेको छ । यसबारे केही चर्चा गर्न प्रयास गरिएको छ ।

     ठूलो कुरा केही होइन, कोरोनाको महामारीले विश्वअर्थतन्त्र संकटमा परेको कुरामा कुनै विवाद रहेन । नेपाल पनि आर्थिक संकटबाट मुक्त हुने कुरै भएन । तर नेपालको जीडीपीमा खासै योगदान नगरेको ग्रामिण अर्थतन्त्र यस्तो संकटको समयमा भोकमरी र महामारी हुनबाट जोगाउने बलियो आधार बन्दै आएको छ । यदि हामीसँग ग्रामिण अर्थतन्त्र हुँदैन थियो भने भूकम्पको समयमा देशले ठूलो भोकमरी व्यहोर्नु पर्ने थियो । नाकाबन्दीको समयमा हातल के हुन्थ्यो ? सहजै अनुमान गर्न सकिन्छ । अहिले लक डाउनको अवस्थामा हामी छौं । सरकारले घरबाट बाहिर ननिस्किन आदेश गरेको छ । व्पापार व्यवसाय सबै बन्द छन् । सहरी क्षेत्रको उत्पादन क्षेत्रमा भूमिका शून्य झै बनेको छ । सरकारले राहातका नाममा दुईचार किलो चामल बाँडेर फोटो खिचेर सामाजिक सञ्जालमा प्रचारबाजी गरिरहेको छ । धेरैका लागि त समाजसेवी बन्ने मौका पनि बनेको छ यो महामारी । सरकारले गरेको लक डाउन मानव हितकै लागि हो । योभन्दा खतरा नआओस भन्नका लागि नै हो । यसको विरोध गर्न मिल्दैन र हरेकले आफ्नै लागि यी सबै काम गर्नु नै परेको छ ।

    संयोगै भनौं नेपालमा महामरी फैलिन पाएको छैन । यो सुख कुरा हो । यसमा सरकारको कदम महत्वपूण भनेको छ । यसको श्रेय सरकारलाई छ । यो भैरहेको कोरोना विपत्तिका लागि काम गर्ने अवसर पनि हो । साथै भोलिका दिनमा आउने विपत्तिका लागि तयारी गर्ने अवसर पनि हो । यो समयमा सरकारले गर्नुपर्ने यी कामहरु हुनसक्छ:

    सरकारले भारतबाहेका अन्य देशमा अध्ययनका लागि गएका विद्यार्थीहरुलई राष्ट्रवैंकमार्फत पैसा पढाउन सकिने व्यवस्था गरेको छ । त्यो प्रसंसनीय नै छ । तर भारतमा मजदुरी गर्न गएका नेपालीहरुले सीमानामा बेवारिस अवस्थामा रहेर आफ्नो घर जान देऊ सरकरा भन्दै गरेको चित्कार किन सुनेन ? यसले सरकारको नियतमाथि नै प्रश्न उठेको छ । यस विषयमा सरकारका रक्षामन्त्रले भारतमा रहेका नेपाली मजदुरहरुको व्यवस्थापन भारत सरकारले गर्ने भनेर गैरजिम्मेवार जवाफ दिनुभयो । सरकारले नागरिकका सवालमा त्यसरी गैरजिम्मेवार बन्न मिल्छ ? यस विषयमा सरकारले तुरुन्तै विशेष योजना बनाएर उनीहरुको न्यायपूर्वक उद्दार र व्यवस्थापन गर्नुको विकल्प हुनसक्दैन । त्यसका लागि सम्पूर्ण सुरक्षाव्यवस्थाको प्रबन्ध सरकराले गर्नुपर्छ ।

    अवश्य पनि सरकार खान नपाएर मर्ने छैन् । भोकमरी नागरिकले नै वेहोर्नु पर्ने विपत्ति हो । तर धेरैजासे नागरिकका लागि संकटमा खान नपाएर मर्नु नपर्ने कुराको भर सरकार नभएर ग्रामिण कृषि अर्थतन्त्र हो । जहाँ लकडाउनको समयमा पनि बाली भित्र्याउने काम भैरहेको छ । नयाँ बालि लगाउने काम भैरहेको छ । गाउँघर अहिले पनि नुनबाहेक करिब सबै खाले खानेकुरा उत्पालन गरिरहेको छ, धेरै नभए पनि आफुलाई खान पुग्ने । यो लकडाउन पनि अधिकांश नागरिकहरु आफ्ना घर फर्केएका छन् र भनिरहेका छन् गाउँमा केही नभए पनि खान नपाएर त मरिंदैन । यस्तो वेला सरकारले ग्रामिण किसानहरुलाई उत्पादनका लागि प्रोत्साहन गर्न जरुरी छ । धरै फल्ने विउविजन निःशुल्क वितरण गर्नु आवश्यक छ । आआफ्ना परिवार मात्र एक ठाउँ भएर सक्दो खेतीजन्य उत्पालनमा लाग्न अपिल गर्न आवश्यक छ । किसानहरुलाई सक्दो अनुदानको व्यवस्था मिलाउन जरुरी छ ।

    कोरानोको महामारी महिनौं र बर्षौ रह्यो भने नागरिकका लागि जीवन धान्ने मुख्य आधार त्यही कृर्षि बन्ने निश्चित छ । यो वेला नेपाली बालबालिकाहरुका लागि पनि गाउँघर खुल्ला विश्वविद्यालय झै बनेको छ । सरकारको यो विषयमा ध्यान जान आवश्यक छ ।

    त्यसैगरी यतिवेला राज्यले सेनाहरुलाई पनि सुरक्षित रुपमा उत्पानलको काममा लगाउन उपयुक्त हुन्छ । यो किन पनि महत्वपूर्ण छ भने आज युरोपमा बैंकमा करोडौं सम्पत्ति भएर पनि मानिसहरुले खान नपाएका समाचार हामी बढीरहेका छौं । तर नेपालीले खान नापएको समाचार पढ्नु परेको छै्रन् । विश्वका धनाढ्यहरुलेसमेत भनिरहेका छन् कि अन्नभन्दा ठूलो कुरा अरु केही रहेनछ ।

    तसर्थ, महामारी स्थायी समाधान नहुने हुँदा तत्काल पाकिरहेको खाद्यान्ह भित्रायाउने र लगाइहाल्नु पर्ने विउवाली लगाउन निशुल्क विउ उपलब्ध गराउन सरकराले तत्काल काम शुरु गरोस् । ग्रामिण अर्थतन्त्र ढल्न किमार्थ दिन हुँदैन । गाउँमा जमिन बाँजो रहन नदिन योजना सरकारले बनाउनै पर्छ । कोराना त प्राणघातक रोग होइन, थोरै समयमा धेरैलाई संक्रमण पनि भएको छ र करिब तीन लाख मानिस निको पनि भएका छन् । यो भाइरल महामारिको पहिलो इतिहास पनि होइन, विगतमा पनि थुप्रै महामारि मानवजातिले व्यहोर्दै आएका छन् । अवश्य यो युद्धमा मानव जातिलको विजय हुनेछ । चिनले करिब यसको महामारी कन्ट्रोल गरेको छ । तर सबैभन्दा विकसित भनिएको युरोप र अमेरिकाले यसको नियन्त्रण गर्न सकिरहेको छैन् । यो अलि जटिल कुरा हो ।

    यो समयमा सत्तापक्ष प्रतिपक्ष, नागरिक समाज सबैलाई एकीकृति गरेर योजनावद्ध भाइरल रोक्ने र सम्पूर्ण नागरिक र बालबालिकाहरुका लागि विशेष योजनाहरुमा सरकारले काम गर्न जरुरी छ ।

    सत्तारुढ नेकपाले कम्तिमा सचिवालयको टिमलाई एक एक प्रदेशको इन्चार्ज बनाएर कोरानाको रोकथाप, ग्रामिण अर्थतन्त्रको रक्षा र सुदृढ, ग्रामिण स्वास्थ्यको सुधारजस्ता कामको नेतृत्व गर्न जिम्मा दिनुपर्दछ । स्वास्थ्य सुरक्षाकाे ग्यारेन्टीसहित समुदायलाई बलियाे बनाउनेगरी पार्टीले कार्यकर्ताहरुलाई उत्पादनका काममा सामाजिक दूरी कायम गरेर परिचालन गर्नु उपयुक्त हुन्छ ।  त्यसैगरी हरेक क्षेत्र विज्ञहरुको टिम बनाएर काम गर्ने, प्राविधिक जनशक्तिको परिचान गर्ने कुरामा पनि सरकारले योजना बनाउनु पर्छ । यस्ता काममा सरकराले कुनै कदम चालेको देखिएको छैन् ।

    राहात वितरण भैरहेका छन् तर राहात सामान्य संकटमा बाँच्न हुने मात्र खाद्यासामग्री बाँडिएका छन् । मजदुर परिवारलाई केन्द्रित गरेर सरकारले खाद्यासामग्री बाढिरहेको छ । तर बालबालिका भएका परिवारका लागि बालकालिकाको स्वास्थय र देशको भविष्यलाई महत्व दिएर रासन वितरणको प्याकेज सरकारले ल्याउनु पर्दैन ? यही समय हो देशमा हुर्कदै गरेका बालबालिकाले पनि सरकार के हो भनेर चिन्ने । तर सरकरले चिन्नुपर्ने गरी केही काम गरिरहेको छैन । सरकारले तुरुन्तै बालबालिकाको शारिरीक र मानिसिक स्वास्थ्यका लागिसमेत केही ठोस र प्रभावकारी योजाना देखिने गरी कार्यान्वयन गरोस् । यो वेला हामी सरकारले आम नागरिकको हितमा काम गरेको हेर्न चाहन्छौं । सरकारको विरोध मात्रै गरियो भन्ने प्रधानमन्त्रीको गुनासो सुनिन्छ । यो वेला सरकारले आफ्नो गुनासो सुनाउने होइन, नागरिकको गुनासो सुन्ने हो । सरकार यो चित्त दुखाएर बस्ने समय होइन, काम गर्ने समय हो ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij