बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

स्याङ्जाका काँग्रेस सभापति महाधिवेशन प्रतिनिधिमा पराजित


  • 4.9K
    SHARES
  • https://indrenipost.com/posts/2022
    मंसिर ७, २०७८ मंगलबार
    स्याङ्जाका काँग्रेस सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

    पोखरा । नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना काँग्रेस महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका छन् ।

    कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को निर्वाचनमा उनी भारी मत अन्तरले पराजित भएका हुन् । उनले ४३७ मत ल्याउँदा जिल्ला सभापतिका दाबेदार समेत रहेका राजु थापाले सर्वाधिक मत ८२३ मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा थापा प्यानलबाट सभापतीमा तुलसीराम रेग्मी विजयी भएका छन् । रेग्मीले ६३९ मत प्राप्त गर्दै प्रतिस्पर्धि ओमबहादुर भट्टलाई पराजित गरेका छन् । भट्टले ३१४ मत ल्याएका छन् ।

    यस्तै, महाधिवेशन प्रतिनिधिमा अजीत क्षेत्री, तुलसी गिरी, गोविन्द रानाभाट, भरतप्रसाद लम्साल, डोलबहादुर खड्का, प्रेमराज पौडेल, इन्द्रबहादुर रिजाल, भूमिबहादुर गुरुङ र श्रीराम उपाध्याय विजयी भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij