काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने उनी काठमाडौं क्षेत्र ७ बाट महाधिवेश प्रतिनिधिका उम्मेद्वार रहेका थिए ।
प्रकाशमान सिंहको पकड रहेको उक्त क्षेत्रमा पौडेलले खस आर्य पुरुषतर्फ उम्मेद्वारी दिएका थिए । पौडेलले जम्म ८३ मत पाए । खस आर्य पुरुषतर्फ दक्ष पौडेल १२८ मत, रामशरण थपलिया १०७ र नगेन्द्रध्वज कार्की ९८ मत पाउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए ।
काठमाडौं क्षेत्र नं ७ को सभापतिमा भने मुकुन्द रिजाल निर्वाचित भएका छन् । सोमवार सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी भएका हुन् । रिजाल काठमाडौं १६ का वडाध्यक्षसमेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे ।
अरु को को निर्वाचित भए क्षेत्र ७ बाट ?