बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कोभिड-१९

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/2085
    मंसिर १२, २०७८ आइतबार
    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै

    काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड­– १९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि उच्च सतर्कता अपनाउने भएको छ ।

    दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी गर्न बिहान ११ बजे अर्थात् अहिले केहिबेरमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बस्न लागेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

    सीसीमसीसीको साप्ताहिक बैठकमा कोरोनाको नयाँ भेरिन्ट संक्रमण हुनबाट कसरी सकता अपनाउने बारे छलफल हुने उनले बताइन् ।

    बैठकमा सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल हुनेछ । नेपालमा नयाँ भेरियन्ट आउन सक्ने सम्भावना रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

    नयाँ भेरियन्टको पहिचान रोकथाम लागि सीमा नाकामा कडाइ र सुरक्षित हवाई उडानबारे छलफल गर्ने उनले बताइन् । दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट नेपालमा आउन सक्ने भन्दै स्वास्थ्य  मन्त्रालयले दक्षिण अफ्रिका हुँदै आउनेलाई अनिवार्य रुपमा क्वरेण्टीन बस्न आग्रह गरेको छ ।


     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij