मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

१४ औँ महाधिवेशन सरगर्मी

काँग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2104
    मंसिर १४, २०७८ मंगलबार
    काँग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    काठमाडौं । काँग्रेसको १४औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छर केन्द्रीय निर्वाचन समितिले सोमबार प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो ।

    यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो । तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलले उद्घाटन सत्रपछि मात्रै निर्वाचन कार्यक्रम अघि बढाउने निर्णय गरेपछि निर्वाचन समितिले त्यहीअनुसार नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

    जसअनुसार प्रदेश कार्यसमितिको निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते विहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, १७ गते ८ बजेदेखि ११ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने, १ बजेसम्म दाबी विरोध र साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ । मंसिर १८ गते विहान ८ बजेबाट मतदाता हुनेछ ।

    त्यस्तै, केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मंसिर २४ गते १० बजे अन्तिम नामावली प्रकाशित गर्ने, २५ गते विहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने, मंसिर २६ गते विहान ८ बजेदेखि १० बजेसम्म मनोनयन पत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने र जाँचबुझ गर्ने, मंसिर २६ गते १२ बजेसम्म दाबीविरोध उपर निर्णय गर्ने कार्यतालिका छ ।

    त्यस्तै, मंसिर २६ गते दिउँसो १२ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार नामावली प्रकाशित गर्ने, ४ बजेसम्म मनोनयन फिर्ता लिने र बेलुकी ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

    मंसिर २७ गते बिहान ८ बजेबाट केन्द्रीय कार्यसमितिका लागि मतदान हुनेछ । प्रदेश महाधिवेशनको उद्घाटन कार्यक्रम मंसिर १६ गते नै हुनेछ । त्यस्तै, केन्द्रीय महाधिवेशनको उद्घाटन पनि मं‌सिर २४ गते नै हुनेछ ।

     

     

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij