बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कोभिडविरुद्धको थप ७ लाख २५ हजार डोज खोप नेपाल आइपुग्यो


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/2108
    मंसिर १४, २०७८ मंगलबार
    कोभिडविरुद्धको थप ७ लाख २५ हजार डोज खोप नेपाल आइपुग्यो

    काठमाडौं । नेपालमा कोभिड १९ विरुद्धको थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप सोमबार काठमाडौं आइपुगेको हो । 

    बाँकी खोप यही साता दुई चरणमा नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले जनाएको छ । सोमबारसम्म नेपालमा ८३ लाख ८२ हजार ९९४ जनाले दुवै डोज र ९७ लाख २२ हजार ९६१ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij