आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

एमाले महाधिवेशन : केही बेरमा मतगणना, गणना सुरू हुँदै, २ घण्टामा परिणाम आउने


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/2112
    मंसिर १४, २०७८ मंगलबार
    एमाले महाधिवेशन : केही बेरमा मतगणना, गणना सुरू हुँदै, २ घण्टामा परिणाम आउने

    चितवन । सौराहामा जारी नेकपा (एमाले)को १० औं महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरू हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिए ।

    बिहान ११ बजे मतदान सकिएपछि केही बेरअगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुरू गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

    निर्वाचन समितिका पदाधिकारीले केहीबेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एक पटकमा ६९ जनाले भोटिङ सेसनमार्फत भोट हालेका थिए ।

    चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् ।

    मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी  चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि  चुनावबाट टुंगिनेछन् ।

    अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् । अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij