बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

प्रदेश अधिवेशन

नेपाली काँग्रेसको ३२२ प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/2120
    मंसिर १५, २०७८ बुधबार
    नेपाली काँग्रेसको ३२२ प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

    काठमाडौं । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मंसिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।

    कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाहेक सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए ।

    “सर्लाहीका चार निर्वाचन क्षेत्रको आठ प्रदेशसभा अधिवेशन आजै सम्पन्न गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ,” उनले भने । देशभर १६५ निर्वाचन क्षेत्रको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।

    कांग्रेस क्रियाशील सदस्यको विवादका कारण सर्लाही र रसुवाको वडा अधिवेशन ढिला गरी सुरु भएको थियो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

    कांग्रेसको यही मंसिर १७ र १८ गते एकैसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन हुँदै छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदै छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij