काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ ।
मंगलबार १.६४ अंक घटेर २६२८.३७ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ०.३१ अंक बढेर २६२८.६९ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ ।
बुधबार प्रि ओपन सेसनमा १३ कम्पनीको ३ हजार ८०६ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ ।
सो सेसनमा एउटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । आजको उक्त सेसनमा १९ लाख ९ हजार ३५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।