काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार कूल ११ हजार ४०३ जनाको नमूना परीक्षण गर्दा ३१५ जनामा कोरोना 'पोजिटिभ' देखिएको हो । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट २९८ र एन्टिजेन विधिबाट १७ संक्रमित पहिचान भएका छन् ।
उक्त अवधिमा कूल नौ हजार ५११ जनाको पीसीआर र एक हजार ८९२ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।
उक्त अवधिमा कोरोना संक्रमणका कारण छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, २०१ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।