काठमाडौं । नेपाली कांग्रेसको प्रदेश महाधिवेशन अन्तर्गत आज प्रदेशहरुमा मनोनयन दर्ता हुँदैछ । प्रदेश महाधिवेशनको उद्घाटन भने बिहीबार भइसकेको छ ।
२०७५ सालमा संसोधित विधान अनुसार पहिलोपटक पार्टीको प्रदेश महाधिवेशन हुन लागेको हो । प्रदेश कार्यसमितिमा १ सभपातिसहित २ उपसभापति २ महामन्त्री र एक महिलासहित ३ महामन्त्री रहने पार्टीको विधानमा व्यवस्था छ ।
विधान अनुसार आज सातै प्रदेशमा विभिन्न पदका आकांक्षीहरुले उमेदवारी दर्ता गर्नेछन् । मतदान प्रकृया भने भोलि हुनेछ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका समितिले ६ प्रदेशमा मतदाता नामावली पठाइसकेको छ ।
यता, प्रदेश २ मा भने आज मनोनय दर्ता हुने संभावना छैन । सचिव श्रेष्ठका अनुसार महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको नाम केन्द्रले पठाउन सकेको छैन ।