काठमाडौं । नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार आज शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने भएको हो ।
महाशाखाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत उक्त खोप आउने भएको हो । मोडर्ना खोप कसलाई लगाउने भन्ने विषयमा भने अझै टुंगो लागिसकेको छैन ।
खोप १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीलाई लगाउन सुझाव दिइएको छ । यो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ ।