काठमाडौं । नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ७ हजार ८३६ जनाको नमूना परीक्षण गर्दा शुक्रबार २४६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ४०० जनाको पीसीआर र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट २२३ जना र एन्टिजेन परीक्षणबाट २३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३४६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ९२१ जना सक्रिय संक्रमित रहेका छन् ।