सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९० हजार ८०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।