बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अपडेट

पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित पुष्टि


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/2201
    मंसिर १९, २०७८ आइतबार
    पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ५९२ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ५०७ जना सक्रिय संक्रमित छन् । 

    गत २४ घण्टामा ४३६ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ।उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ । हाल ९७ जना क्वारेन्टाइनमा छन् । १०७ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । 

    पछिल्लाे २४ घण्टामा देशभर ५७ हजार ९३० जनाले काेराेनाविरुद्धकाे खाेप लगाएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij