मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

१४ औँ अधिवेशन सरगर्मी

काँग्रेस प्रदेश अधिवेशन : ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ प्रदेशमा इतरपक्षको जित

प्रदेश-२ को अधिवेशन हुन बाँकी


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/2216
    मंसिर २०, २०७८ सोमबार
    काँग्रेस प्रदेश अधिवेशन : ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ प्रदेशमा इतरपक्षको जित

    काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशको नेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित भएका छन् ।

    निर्वाचित थापाले ८ सय ४४ मत ल्याउनुभएको छ भने सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित भए । घिमिरे २ मत अन्तरले पराजित भएका हुन् ।

    नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भए ।

    लुम्बिनी प्रदेशमा भने अमरसिंह पुन सभापतिमा विजयी भएका छन् । संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गर्दै उनी विजयी भएका हुन् । एक उपसभापति बाहेक संस्थापनइतर समूहका अमरसिंह पुन समूहको प्यानल नै विजयी भएको छ । 

    नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतीमा संस्थापन पक्षका वीरबहादुर बलायर विजयी भएका छन् । उनले संस्थापनइतर पक्षका नारायणदत्त मिश्रलाई पराजित गरेका हुन् । गण्डकी प्रदेश सभापतिमा भने संस्थापनइतर पक्षका शुक्रराज शर्मा निर्वाचित भए ।

    कर्णाली प्रदेशमा संस्थापन पक्षका ललितजङ्ग शाही विजयी भएका छन् । महाधिवेशन भएका ६ प्रदेशमध्ये ४ प्रदेशमा संस्थापन पक्षका नेता सभापतिमा विजयी भएका छन् । प्रदेश २ को अधिवेशन भने हुन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij