काठमाडौं । प्रदेश २ मा नेपाली काँग्रेसको प्रदेश अधिवेशन स्थगित भएको छ । पार्टी भित्रको विवादै विवादले केही जिल्लाबाट मतदाता नामावली प्राप्त नहुँदा अधिवेशन स्थगित भएको हो ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ का महाधिवेशन संयोजक रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन स्थगित भएको घोषणा गरेका हुन् ।
प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरू छन् । जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरूको नाम आउन नसकेको समितिले जनाएको छ ।