बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अपडेट

पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2219
    मंसिर २०, २०७८ सोमबार
    पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ८ हजार ६१७ जनाको नमूना परीक्षण गर्दा सोमबार २६५ जनामा संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ११४ जनाको पीसीआर र १ हजार ५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

    पीसीआर परीक्षणबाट २३८ जना र एन्टिजेन परीक्षणबाट २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  

    २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ । 

    गत २४ घण्टामा ३५७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ । 

    मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij