मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

बढ्यो महाधिवेशन सरगर्मी

काँग्रेस महाधिवेशन : प्रतिनिधिलाई ओसार्न यातायातको व्यवस्था, स्वास्थ्य उपचार सामाग्री विवतरण


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/2223
    मंसिर २१, २०७८ मंगलबार
    काँग्रेस महाधिवेशन : प्रतिनिधिलाई ओसार्न यातायातको व्यवस्था, स्वास्थ्य उपचार सामाग्री विवतरण

    काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशन अवधिभर प्रतिनिधिहरुलाई होटलसम्म आउन जान गाडीको व्यवस्था गरेको छ । सभास्थलबाट होटलसम्म जान सवारी साधनको व्यवस्थापन गरिएको स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले जानकारी दिए ।

    त्यसका लागि डेढ सय गाडी तयारी अवस्थामा राखिने बस्नेतले बताए । गाडी नहुनेहरुका लागि सभास्थलबाट होटलसम्मका लागि गाडीको व्यवस्था गरिएको छ, उनले भने ।

    काँग्रेस महाधिवेशनको मंसिर २૪ गते काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । बस्नेतले १३ औं महाधिवेशनका बेला पनि आफूले सवारी साधनको व्यवस्थापन गरेको बताए । अहिले पनि बस्नेतको अगुवाइमा सवारी व्यवस्थापन हुन लागेको हो ।

    प्रत्येकलाई मास्क र सेनिटाइजर

    कोभिड संक्रमणलाई मध्यनजर गरेर काँग्रेसले हरेक प्रतिनिधिलाई सेनिटाइजर दिने भएको छ । अनिवार्य मास्कको व्यवस्था गरिएको छ । महाधिवेशन अवधिभरका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले जानकारी दिए ।

    उनका अनुसार स्वास्थ्य परीक्षणका लगि स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ । वीर अस्पतालाई केन्द्रित गरेर कुनै प्रतिनिधि बिरामी भए उपचार गरिने छ । त्यहाँ सम्भव नभए अरु अस्पतालमा रेफर गरिने बस्नेतले बताए ।

    डाक्टरको सल्लाहमा एन्टिजेन

    हिजो मात्र स्वास्थ्य मन्त्रालयले नेपालमा पनि ओमोक्रन संक्रमित भेटिएको सार्वजनिक गरेको थियो । यसैलाई मध्यनजर गरेर काँग्रेसले महादधिवेशनमा एन्टिजेन टेस्ट गर्ने भएको छ । तर त्यसका लागि चिकित्सकको परामर्श अनिवार्य गरिएको छ । ुडाक्टरको सल्लाहमा आवश्यक पर्नेलाई एन्टिजेन र अरु खालका परीक्षण हुन्छन्, बस्नेतले भने ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij