बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अपडेट

पछिल्लाे २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/2231
    मंसिर २१, २०७८ मंगलबार
    पछिल्लाे २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ३८६ पीसीआर र २ हजार ४२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यो सँगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३०४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ५ हजार २०५ पुगेको छ । उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन् । १२३ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । 

    पछिल्लाे २४ घण्टामा देशभर १ लाख २७ हजार ७५३ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij